Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

मोटरसाइकल दुर्घटनाबारे हर्क सम्पाङः सरकारले बाटो राम्रो नबनाएर लडेँ

मोटरसाइकल दुर्घटनाबारे हर्क सम्पाङः सरकारले बाटो राम्रो नबनाएर लडेँ

  • काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले केही दिनअघि मोटरसाइकल दुर्घटनामा परेको विषयमा सरकारको दोष देखाएका छन् । सरकारले बाटो राम्ररी मर्मत नगरेकाले आफू मोटरसाइकलबाट लडेको उनको दावी छ ।

    onlinepatrika
    Arghakhachi

    उदयपुरको कटारीबाट बेलका जाने क्रममा साम्पाङले आफैँले चलाएको मोटरसाइकल लडेको थियो । उनी सामान्य घाइते भएका थिए । लड्नुअघि साम्पाङले एक हातले मोटरसाइकल चलाएर अर्को हातले भिडिओ खिचिरहेका थिए । लापरवाहीपूर्वक मोटरसाइकल चलाएको भनेर ट्राफिक प्रहरीले उनलाई ५ सय जरिवानासमेत गराएको छ ।

    AGNI GROUP

    साम्पाङले भने आफूले कुनै जरिवाना नतिरेको दावी गरेका छन् । ट्राफिक प्रहरीले सार्वजनिक गरेको चिट नै फेक हुनसक्ने उनको आशंका छ ।

    साम्पाङले फेसबुकमा लेखेका छन्, ‘पैसा चाहिँ आफैंले तिरेछन् कि क्या हो ? यतिसम्म गिरेछन् । पूर्जी जारी गर्नेको नाम पनि एउटै राखेछन्, त्यो पनि लुकाएर बुझिएको छ । फेक‘ । दुम मात्रै हो तिमेरुको ।’

    यसैबीच साम्पाङले सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफूलाई ट्राफिकले चिट नकाटेको बताए ।

    तपाईंलाई चिट काटेको हो ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘छैन । कुन चाहिँ कसुरमा काट्ने हो र चिट रु म सोध्छु नि, म विधायक हो देशको । हावामा फेसबुकमा लेखेर कारवाही त हुँदैन होला ।’

    के कारणले तपाईंको दुर्घटना भएको हो भन्ने प्रश्नमा उनले सरकारलाई दोष दिए ।

    साम्पाङले भने, ‘ढुंगा रहेछ क्या बाटोमा । बाटोहरु त बिग्रेको छ नि त । सरकारले बनाउनुपर्छ । यसमा ध्यान दिनुपर्यो । ढुंगामा कहिलेकाहीँ लडिँदैन त रु सरकारले बाटो नटालेर यस्तो भएको हो ।

    दुर्घटनापछि स्वास्थ्य अवस्था कस्तो छ ?
    ह्या‘ त्यो केही होइन नाथे‘ । छ्यासाकछुसुक भइराख्छ । सरकारले गर्दा हो ।

    तपाईंले ट्राफिक नियम किन उल्लंघन गर्नुभयो ?
    मैले उल्लंघन गरेको के चैँ रहेछ ?

    एक हात छोडेर मोटरसाइकल हाँक्नुभएको त हो नि ?
    त्यस्ता नाथे‘। दुई हातै छोडेर पनि कुदाइदिन्छु म त । एक दिन ट्राइ गर्ने हो यहाँभित्र ? हाहाहाहा‘। बाइक लिएर आउनु, म दुई हातै छोडेर कुदाइदिन्छु, यहाँदेखि उ त्यहाँसम्म । ह्वीली पनि झण्डै झण्डै गर्छु म हाहाहा‘... । ट्राफिक नियममा एक हातले मोटरसाइकल कुदाउन हुँदैन भनेर लेखिएको रहेछ भने ठिक छ ।

    हेल्मेट पनि त राम्ररी नलगाउनुभएको रहेछ होइन ?
    हेल्मेट किन नलगाउनु रु फित्ता चाहिँ खुस्केको हो ।

    बाइक नै चलाउन नजान्ने मान्छेले देश कसरी चलाउँछ भनेर पनि भनिरहेका छन् नि ?
    ढुंगामुढामा ठोक्किएर कहिलेकाहीँ त्यस्तो हुन्छ । ठूलो त्यस्तो हो र रु त्यस्तो ठूलो दुर्घटना भएको भए म यहाँ हुन्थेँ ?

    तपाईंले भोलि देशै एक्सिडेन्टमा त पार्नुहुन्न ?
    होइन, त्यस्तो हुँदैन । देश चलाउँदा त फुकी–फुकी पाइला राख्ने हो नि ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij