Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।
सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले अधिकारीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो । अधिकारीलाई बढुवासँगै बागमती प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा हेटौँडामा दरबन्दी तोकिएको छ ।
यसअघि बढुवामा उनको नाम छुटाइएको थियो । अधिकारी एक नम्बरमा रहे पनि अन्य ५ जनालाई बढुवा गरिएकोमा उनलाई छुटाइएको थियो । खासगरी जेनजी आन्दोलनको विषयलाई लिएर पछि पारिएकोमा चौतर्फी दबाबपछि बढुवा गरिएको हो ।
हाल उनी जिल्ला प्रहरी परिसर काठमाडौंको नेतृत्वमा रहेका छन् ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij