Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

एनपीलको इन्टरटेनमेन्ट पार्टनर बन्यो एलओडी क्लब

एनपीलको इन्टरटेनमेन्ट पार्टनर बन्यो एलओडी क्लब

  • काठमाडौं । एनपीएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बन्ने भएको छ । सोमबारदेखि कीर्तिपुरस्थित क्रिकेट रंगशालामा शुरू हुने एनपीएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बन्ने भएको हो ।

    onlinepatrika
    Arghakhachi

    आइतबार एक कार्यक्रम गरेर क्लबका सीईओ रविन श्रेष्ठ र नेपाल क्रिकेट संघका सचिव पारस खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

    AGNI GROUP

    एनपीएलको खेल अवधिभर मनोरञ्जन पार्टनर बनेको क्लबका सीईओ श्रेष्ठले जानकारी दिए । उनका अनुसार खेल भइरहेको समय क्लबका डिजेहरूले 'म्युजिक' प्ले गर्ने छन् । क्लबले क्रिकेट रंगशालामा क्याबिन म्युजिक प्ले गर्ने छन् ।

    ‘प्रत्येक खेलका खेलाडीहरूलाई विशेष कार्यक्रम गरेर क्लबमा स्वागत गरिन्छ’, उनले भने, ‘खेलमा सहभागी खेलाडी र खेल हेर्न आएका दर्शकलाई मनोरञ्जन गर्नु क्लबले जिम्मेवारी पाएको छ ।’

    उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाज भिड्ने छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij