Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

राज्यलाई कर बुझाइसकेपछि कसलाई सहयोग गर्ने आफ्नो इच्छा हो: मीनबहादुर गुरुङ

राज्यलाई कर बुझाइसकेपछि कसलाई सहयोग गर्ने आफ्नो इच्छा हो: मीनबहादुर गुरुङ

  • काठमाडौं । व्यवसायी मिनबहादुर गुरुङले सबै जिम्मेवार भएर अघि बढ्न जरुरी रहेको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    सोमबार कर दिवसको अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट करदाताको तर्फबाट आफ्ना धारणा राख्दै उनले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आफ्ना १२ वटा भाटभटेनी पूर्ण रुपमा नष्ट भएको र अन्य धेरै भाटभटेनीमा ठूलो क्षति पुगेको बताए । अझै पनि आफूले हिम्मत नहारेको र अझै अघि बढ्ने उनले अठोट व्यक्त गरे ।

    AGNI GROUP

    दशैं, तिहार र छठका लागि स्टक गरिएका धेरै सामानहरु भाटभटेनीबाट आन्दोलनका क्रममा लुट्ने र जलाउने काम भएको उनले बताए । आफूमाथि धेरै युवाहरुको जिम्मेवारी, बैंकहरुको लगानी रहेकाले व्यवसायबाटै अघि बढ्ने निचोड आफूले निकालेको गुरुङले बताए । नेपालमा विपन्नताकै कारण आन्दोलन भइरहेको भन्दै जिम्मेवार नहुनु पनि आन्दोलनको कारण रहेको उनको भनाइ छ ।

    भाटभटेनिमाथि कुनै एउटा पार्टीको भवन बनाइदिने विषयले आक्रमण भएको भन्दै राज्यलाई कर बुझाइसकेपछि कसलाई सहयोग गर्ने भन्नेकुरा आफ्नो इच्छाको विषय भएको उनले बताए । आफूले डा. भगवान कोइरालाको नेतृत्वमा बनेको बाल अस्पताल बनाइदिएको, विपन्न र जेहेन्दार विद्यार्थीलाई एमबिबिएस पढाएको बताए । उनले व्यवसायीहरूले सानो मन गर्न नहुने बताए ।

    आफूले खोटाङबाट आएर हजारौँलाई रोजगारी दिनसकेको बताउँदै गुरुङले अरुले पनि त्यसैगरी दिनसक्ने बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij