Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

सरकारको चालु खाता एवम् शोधनान्तर बचतमा

सरकारको चालु खाता एवम् शोधनान्तर बचतमा

  • काठमाडौँ । आर्थिक वर्ष २०८२- ८३ को तीन महिनामा सरकारको चालु खाता २३७ अर्ब ५९ करोडले बचतमा रहेको छ । 

    onlinepatrika
    Arghakhachi

    नेपाल राष्ट्र बैंक सार्बजनिक गरेको आर्थिक बर्ष २०८२-८३ को शुरुको तीन महिनाको आर्थिक तथा वित्त स्थिति सम्बन्धि रिपोर्टमा चालु खाता २३७ अर्ब ५९ करोडले बचतमा रहेको जानकारी दिएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ११५ अर्ब ३६ करोडले बचतमा रहेको थियो । 

    AGNI GROUP

    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ६९ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ५ अर्ब ५५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २ अर्ब रहेको थियो । यसैगरी, समीक्षा अवधिमा १ अर्ब ७४ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ४ अर्ब ८१ करोड भित्रिएको थियो ।

    त्यसैगरी समीक्षा अवधिमा शोधनान्तर २६४ अर्ब ३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर १८४ अर्ब ९९ करोडले बचतमा रहेको थियो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत अमेरिकी डलरमा १ अर्ब ३८ करोड रहेकोमा समीक्षा अवधिमा १ अर्ब ८८ करोड रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij