Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

भारतको घरेलु मैदानमा दक्षिण अफ्रीकाको रोमाञ्चक जित

भारतको घरेलु मैदानमा दक्षिण अफ्रीकाको रोमाञ्चक जित

  • काठमाडौं । दक्षिण अफ्रिकाले जारी टेस्ट सिरिजको पहिलो खेलमा भारतलाई उसकै घरेलु मैदानमा पराजित गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    टेस्टको तेस्रो दिन आइतबार दक्षिण अफ्रीकाले दिएको १२४ रनको लक्ष्य पछाएको भारत केवल ९३ रनमा अल आउट भएपछि दक्षिण अफ्रिकाले यो टेस्ट ३० रनले जितेको छ ।

    AGNI GROUP

    कप्तान शुभमन पहिलो इनिंगमा ब्याटिंग गर्नेक्रम घाइते भएपछि दोस्रो इनिंगमा ब्याटिंग गर्न आएका थिएनन् । त्यस्तै भारतका लागि वाशिंटन सुन्दरले सर्बाधिक ३१ रन बनाए भने  अक्सर पटेलले २६ रन बनाए । त्यसैगरी दक्षिण अफ्रिकाका बलर सिमोन हार्मरले सर्बाधिक ४ विकेट लिए भने मार्को जानसेन र केशव महाराजले २-२ विकेट लिए ।

    यसअघि दक्षिण अफ्रिका पहिलो इनिंगमा १५९ र दोस्रो इनिंगमा १५३ रनमा अल आउट भएको थियो । त्यस्तै भारतले पहिलो इनिंगमा १८९ रन बनाएको थियो ।

    यो जितपछि २ खेलको टेस्ट सिरिजमा दक्षिण अफ्रिका १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल नोभेम्बर २२ मा गुवाटीमा हुने तालिका रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij