Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

नेपाल प्रहरी आजदेखि दानबहादुर कार्कीको कमाण्डमा

नेपाल प्रहरी आजदेखि दानबहादुर कार्कीको कमाण्डमा

  • काठमाडौं । नेपाल प्रहरीको कमाण्ड आजबाट दानबहादुर कार्कीले सम्हाल्दैछन् ।

    onlinepatrika
    Arghakhachi

    प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण अघिल्ला आईजीपी (महानिरीक्षक) चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा गएकाले कार्कीले नेपाल प्रहरीको कमाण्ड सम्हाल्न लागेका हुन् ।

    AGNI GROUP

    कात्ति क २५ गतेको मन्त्रिपरिषद् बैठकबाट नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा नियुक्त कार्की आज प्रहरी प्रधान कार्यालय गएर औपचारिक रुपमा जिम्मेवारी सम्हाले कार्यक्रम छ । गृहमन्त्रालयमा दर्ज्यानी चिह्न लगाएपछि उनले पदभारग्रहण गर्नेछन् ।

    २४ भदौमा जेनजी आन्दोलन हुँदा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए । २३ भदौमा भने उपत्यकाको कमाण्ड एआईजीविहीन थियो । उपत्यका कमाण्ड सम्हाल्नुअघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागको प्रमुख थिए ।

    डीआईजी हुँदा भने उनले लुम्बिनी प्रदेशको कमाण्ड सम्हालेका थिए । एसएसपीको जिम्मेवारीमा उनले काठमाडौं जिल्ला प्रहरी परिसरको कमाण्ड सम्हाल्दा भुटानी शरणार्थी प्रकरणको मुद्दा चलेको थियो ।

    चुनौतीपूर्ण मानिने काठमाडौं जिल्लादेखि उपत्यकाको कमाण्ड सम्हालेका कार्कीले इमान्दार प्रहरी अधिकृतको परिचय बनाएका छन् । कुनै ठूलो आर्थिक विवादमा नमुछिएका कार्कीसँग फिल्डदेखि आईजीपी सचिवालयसम्म बसेर काम गरेको अनुभव छ ।

    विदेशमा विभिन्न तालिम लिइसकेका उनी नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता समेत भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij