Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल भारत प्रस्थान

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल भारत प्रस्थान

  • काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल मंगलबार भारत प्रस्थान गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    सशस्त्र प्रहरी बल, नेपाल र भारतको समकक्षी सशस्त्र सीमा बलबिच हुने नवौँ समन्वयात्मक बैठकमा भाग लिन उनी त्यसतर्फ प्रस्थान गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जारी गरेको प्रेस नोटमा उल्लेख छ । सो अवसरमा उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल लगायत बरिष्ठ अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा बिदाइ गरेका छन् ।

    AGNI GROUP

    महानिरीक्षक अर्यालको साथमा सीमा सुरक्षा  विभाग प्रमुख गणेश बहादुर ठाडा मगर, प्रहरी नायव महानिरीक्षक दिपक रेग्मी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक राम प्रसाद दास, सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक किरण बस्नेत, गृहमन्त्रालयका उपसचिव रविन्द्र आचार्य, परराष्ट्र मन्त्रालयका उपसचिव विजयराज तन्डुकार तथा सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज पौडेल समेत त्यसतर्फ प्रस्थान गरेका छन् । सो बैठक कार्तिक २६ देखि २८ गतेसम्म भारतको नयाँ दिल्लीमा सम्पन्न हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij