Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

एकान्तकुनामा चितुवा

एकान्तकुनामा चितुवा

  • ललितपुर । आज बिहान ललितपुर महानगरपालिका–१३ एकान्तकुना खड्का टोलमा एक चितुवा फेला परेको छ । बिहान करिब ७:१५ बजेको समयमा झाडीभित्र चितुवा देखिएको जानकारी स्थानीयले प्रहरीलाई दिएपछि तत्कालै प्रहरी टोली, वन डिभिजन कार्यालय र सदर चिडियाखानाका प्राविधिक टोली स्थलमा पुगेका थिए ।

    onlinepatrika
    Arghakhachi

    संयुक्त टोलीले सावधानीपूर्वक उद्धार कार्य गर्दै चितुवालाई नियन्त्रणमा लिएर जावलाखेलस्थित सदर चिडियाखानामा सुरक्षित राखेको जनाएको छ ।

    AGNI GROUP

    संयुक्त टोलीले सावधानीपूर्वक उद्धार कार्य गर्दै चितुवालाई नियन्त्रणमा लिएर जावलाखेलस्थित सदर चिडियाखानामा सुरक्षित राखेको जनाएको छ । उद्धारका क्रममा कुनै क्षति नभएको बताइएको छ ।

    स्थानीय बासिन्दाले बिहानै झाडीभित्र अनौठो आवाज आएपछि हेर्दा चितुवा देखिएको र त्यसपछि प्रहरीलाई जानकारी गराएको बताएका छन् । हाल चितुवाको स्वास्थ्य परीक्षणपछि चिडियाखानामा आवश्यक हेरचाहका व्यवस्था गरिएको छ ।

    May be an image of one or more people and slow lorisMay be an image of big cat, cheetah and slow loris

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij