Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

एन्फाले वार्ता लाइभ गर्न नमानेपछि खेलाडीहरू बहिस्कार गरेर बाहिरिए

एन्फाले वार्ता लाइभ गर्न नमानेपछि खेलाडीहरू बहिस्कार गरेर बाहिरिए

  • काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रत्यक्ष प्रसारण गर्न नमानेपछि फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामासहितको टोलीले वार्ता बहिष्कार गरेको छ । आफ्नो ७ बुँदे मागपत्र पेश गरेर टोलीले वार्ता बहिष्कार गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    कात्तिक १७ गते एन्फा र ‘ए’ डिभिजन क्लबहरुबीच अर्को वर्ष होम एन्ड अवेको आधारमा सहिद स्मारक ए डिभिजन लिग अर्को वर्ष गर्ने र यो वर्ष राष्ट्रिय लिग मात्र गर्ने सहमति भएको थियो ।

    AGNI GROUP

    एन्फा र ‘ए’ डिभिजन क्लबहरुबिच भएको उक्त सहमतिप्रति असन्तुष्ट जनाउँदै नेपाल फुटबल खेलाडी संघको नेतृत्वमा खेलाडीहरू केही दिनदेखि सडकमा उत्रिएका छन् ।

    सहिद स्मारक ए डिभिजन लिग तथा राष्ट्रिय लिगका सम्बन्धमा उठेका विचार एवम् भावनाहरूलाई संवाद मार्फत नै सम्बोधन गर्ने भन्दै एन्फाले वार्तामा बोलाएको थियो । तर, खेलाडीहरू वार्ता बहिष्कार गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट