Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

राजस्व बक्यौता तिर्न ग्राहकलाई ‘एसएमएस’ नोटिस जारी

राजस्व बक्यौता तिर्न ग्राहकलाई ‘एसएमएस’ नोटिस जारी

  • काठमाडौं । आन्तरिक राजस्व कार्यालय भरतपुरमा ५ हजार ७१५ ग्राहकको बक्यौता उठाउन बाँकी रहेको छ । उनीहरूबाट १ अर्ब ५४ करोड ५४ लाख ५ हजार बढी राजस्व सङ्कलन हुन बाँकी रहेको हो ।

    onlinepatrika
    Arghakhachi

    कार्यालय सूचना अधिकारी रामकुमार अधिकारीका अनुसार बक्यौता उठ्न बाँकी रहेका ग्राहकहरूको बक्यौता उठानका लागि कार्यालयले सबै ग्राहकलाई एसएमएस गरेर जानकारी गराइसकेको छ ।

    AGNI GROUP

    उनले भने, “बक्यौता उठाउनका लागि म्यासेज पठाउने काम गरेका छौँ । ग्राहकहरू आउनुहुनेछ भन्ने विश्वास छ ।”

    कर सङ्कलनका लागि कार्यालयले करदाता शिक्षा, घरदैलो कार्यक्रम, पालिका र वडाअनुसार करदाताको सूची तयार गरेर पत्राचार गर्ने, सङ्कलन भ्रमण गर्ने लगायतका कामहरू गरिएको उनले बताए । बक्यौता रकम तिर्न बाँकी रहेका ग्राहकमध्ये २२ जनाको बैंक खाता रोक्का गरिएकामा दुई जनाले कर तिरेर खाता फुकुवा गरेको छन् ।

    यस कार्यालयले असोज मसान्तसम्म ५ अर्ब ५१ करोड ३५ लाख ३४ हजार राजस्व सङ्कलन गरेको छ । राजस्व विभागले तोकेको लक्ष्यको ९७ दशमलव ४७ प्रतिशत राजस्व उठाउन सफल भएको उनले बताए ।

    उनका अनुसार विभागले ५ अर्ब ६५ करोड ६५ लाख ५३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य तोकेको थियो । जेनजी आन्दोलनमा जलेको कार्यालयले भदौ २९ गतेदेखि सेवा दिन सुरु गरेको छ । यस कार्यालयमा ७२ हजार बढी करदाता रहेको उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट