Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले भारत टुरमा जाने नेपाली महिला क्रिकेट टिमको घोषणा गरेको छ ।
क्यानले इन्दु बर्माको नेतृत्वमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली टिममा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, कबिता कुँवर, साना प्रविन, अलिशा यादव, इश्वरी विष्ट, रोमा थापा, अश्मिना कर्माचार्य, सबनम राई, विन्दु रावल, पुजा महतो, लक्ष्मी साउद, मनिषा उपाध्याय, सीमाना केसी र ममता चौधरी रहेका छन् ।
नेपाली राष्ट्रिय महिला टिमले भारतमा कुल ६ खेल खेल्ने छ । भारतको देहरादुनमा हुने खेलमा राजस्थान, बङ्गाल र उत्तराखण्डका टिमसँग खेल्ने छ । पहिलो खेल राजस्थानविरुद्ध नोभेम्बर १३ मा, उत्तराखण्डविरुद्ध नोभेम्बर १४ मा, नोभेम्बर १५ मा बङ्गालविरुद्ध, नोभेम्बर १७ मा राजस्थानविरुद्ध र नोभेम्बर १८ मा बङ्गालविरुद्ध खेल्ने तालिका रहेको छ । सबै खेल उत्तराखण्डको आयुष क्रिकेट एकेडेमीमा हुने क्यानले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij