Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

मधेश प्रदेश

एमालेका सरोजलाई होटलमा लगेर बनाइयो मुख्यमन्त्री

एमालेका सरोजलाई होटलमा लगेर बनाइयो मुख्यमन्त्री

  • काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त भएका छन् । संविधानको धारा १६८(३) बमोजिम संसद्‍को ठूलो दलको हैसियतले नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री पदमा  नियुक्त गरेकी हुन् । 

    onlinepatrika
    Arghakhachi

    यादवलाई बर्दिबास सिन्धुलीको सिमानास्थित पानस होटलमा नियुक्तिपत्र प्रदान गरिएको छ । मुख्यमन्त्री यादवको  सोही होटलमा शपथ ग्रहणसमेत गराइएको छ ।

    AGNI GROUP

    प्रदेश प्रमुख भण्डारी  बिरामीको बहाना बनाई रातारात जनकपुरबाट हिँडेकी थिइन् । उनी  मधेश भवनबाट बाहिरिदा कार्यवाहक मुख्यमन्त्री जितेन्द्र सोनलले फुलको गुच्छा दिएर बिदाइ गरेका थिए ।

    विश्वासको मत नपाउने भएपछि केही दिनअघि मात्र जितेन्द्र सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । 

    संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्री नियुक्तिका लागि एमाले बाहेकका दलहरूले प्रदेश प्रमुख भण्डारीलाई आग्रह गरे पनि एमाले कोटामा प्रदेश प्रमुख बनेकी भण्डारीले भने त्यसलाई लत्याएर प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । यो सरकारको विपक्षमा स्पष्ट बहुमत रहेकाले उनले विश्वासको मत पाउने सम्भावना छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट