Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । पाकिस्तानले हङकङ सिक्सेस क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानले फाइनलमा कुवेतलाई ४३ रनले पराजित गर्दै उपाधि जितेको हो । पाकिस्तानले दिएको १३६ रनको लक्ष्य पछाएको कुवेत ५.१ ओभरमा अल आउट हुदै ९२ रन बनाएको थियो ।
यस अघि पाकिस्तानले पहिला ब्याटिंग गर्दै ६ ओभरमा ३ विकेट गुमाएर १३५ रन बनाएको थियो । पाकिस्तानले हङकङ सिक्सेसको उपाधि जितेकोयो छैटौं पटक हो । यसका साथै पाकिस्तान सबैभन्दा बढी पटक यो उपाधि जित्ने देश बनेको छ । पछिल्लो पटक पाकिस्तानले २०११ मा यो उपाधि जितेको थियो । पाकिस्तानपछि इङल्याण्ड र दक्षिण अफ्रिकाले ५-५ यो उपाधि जितेका छन् भने श्रीलंकाले २ पटक यो उपाधि जितेको छ । त्यस्तै भारत अस्ट्रेलिया र वेस्ट इन्डिजले एक एक पटक यो उपाधि जितेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij