Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । एन्जल्स हार्ट नेसनल स्कुलको आयोजनामा बुधबार (कात्तिक १९)देखि ‘समृद्धि खुला महिला बास्केटबल’ प्रतियोगिता हुने भएको छ । मंगलबार (कात्तिक १८) आयोजक एन्जल्स हार्टले पत्रकार सम्मेलन गरी प्रतियोगितका बारेमा जानकारी गराएको हो ।
प्रतियोगितामा सिनियर र जुनियरतर्फ यू–१६ गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ । सम्पूर्ण खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा गरिनेछ ।
प्रतियोगिताको सिनियरतर्फ विजेताले ४० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । दोस्रो र तेस्रो विजेताले क्रमशः २० हजार र १० रुपैयाँ पाउनेछन् ।
जुनियरतर्फ भने सम्पूर्ण खेलाडीलाई मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ ।
सिनियरतर्फ जेभियर इन्टरनेसनल कलेज, सैपाल एकेडेमी, ट्रेनिङ ग्राउन्ड स्पोर्ट्स र ग्रान्डी स्टार गरी चार टोलीको सहभागिता रहनेछ । जुनियरततर्फ वबैद्ध मेरिडियन स्कुल, आरईबीएस, भ्याली पब्लिक स्कुल र स्वर्णिम स्कुल गरी चार टोलीको सहभागिता आयोजकले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij