Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । नेपाल जेसीजका अनुभवी र सक्रिय नेता जेसी जीवन कार्कीले २०२६ का लागि राष्ट्रिय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनी रामेछाप जेसीजका आधिकारिक उम्मेदवारका रूपमा प्रतिस्पर्धामा उत्रिएका हुन् ।
कार्कीले आफ्नो उम्मेदवारी अभियानलाई ‘प्रोजेक्ट संकल्प २०२६ एकताको संकल्प, रूपान्तरणको यात्रा’ नाम दिएका छन् ।
सो अभियानको मूल नारा ‘लक्ष्य राखौँ, कार्य गरौँ, सफलता हासिल गरौँ’ रहेको छ ।
उनका अनुसार नेतृत्व पद होइन, जिम्मेवारी र रूपान्तरणको प्रक्रिया हो । ‘स्पष्ट लक्ष्य बनाएर दृढताका साथ अघि बढे मात्रै साझा सफलता सम्भव हुन्छ,‘ उनले भने ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij