Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

नेपाल जेन-जी फ्रन्ट घोषणा, रक्षा बम संयोजक

नेपाल जेन-जी फ्रन्ट घोषणा, रक्षा बम संयोजक

  • काठमाडौँ । रक्षा बमको नेतृत्वमा नेपाल जेन-जी फ्रन्ट घोषणा गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार रक्षाको नेतृत्वमा ३९ सदस्यको संयोजन समितिको घोषणा गरिएको छ ।  फ्रन्टमा युजनराज भण्डारी (संगठन समिति), यतिष ओझा (सूचना सञ्चार समिति), मनिष खनाल (संवाद समिति), आदित्य कर्ण (प्रदेश समन्वय समिति) लगायत ३८ जना सदस्य छन् ।

    AGNI GROUP

    भाद्र २३ र २४ मा सम्पन्न जेन-जी विद्रोहलाई संस्थागत गर्न राज्यसँग सम्झौता गर्ने एजेण्डाहरू एकीकृत गर्ने र यस विद्रोहसँग जोडिएका सबै व्यक्ति, समूह, संघ र सङ्गठन तथा यस विद्रोहप्रति शुभेच्छा र सद्भाव राख्नुहुने सम्पूर्ण नेपाली नागरिकमा एकताको आह्वान गर्ने उद्देश्यका साथ 'नेपाल जेन‍-जी फ्रन्ट' गठन गरिएको बताइएको छ ।

    हाल प्रारम्भिक रूपमा गठन गरिएको र यसमा जोडिन चाहने सम्पूर्णका लागि खुला रहेको समेत जानकारी दिइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij