Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा खड्का नियुक्त

राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा खड्का नियुक्त

  • काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको अन्तरिम मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले खड्कालाई प्रशिक्षकको नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् । सिनियर महिला फुटबल टिमका पूर्व मुख्य प्रशिक्षक खड्का एन्फाको ‘टेक्निकल डाइरेक्टर’ पनि हुन् ।

    AGNI GROUP

    खड्काले नेपालको आगामी एएफसी एसियन कप छनौटका खेलमा नेपालको प्रशिक्षकको भूमिका निभाउने छन् ।

    फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएपछि खाली रहेको प्रशिक्षकमा अन्तरिम रुपमा खड्कालाई नियुक्त गरिएको छ । रसलाई गत फागुनमा एक बर्षका लागि नियुक्त भएपनि आफ्नो कार्यकाल पुरा नहुदै राजीनामा दिएका हुन् । रसलाई एन्फाले २०८१ फागुन १८ गते राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij