Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । नेपाल प्रहरीका एसएसपी प्रकाश रानाभाटले राजीनामा पदबाट राजीनामा दिएका छन् । बुधवार बिहान आइजिपीको सचिवालयमा राजीनामा बुझाएको सचिवालय स्रोतले जनायो ।
उनी २०५८ मा प्रहरी इन्स्पेक्टर भर्ना भएका हुन् । गत साउनमा ११ एसपीलाई एसएसपी बढुवा गरिदा उनी पनि बढुवा भएका थिए । सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत थिए ।
परिवारका सबै सदस्य लण्डनमा बसोबास गर्ने र परिवारसँगै बस्ने इच्छाका कारण राजीनामा दिएको रानाभाटले निकटस्थलाई बताएका छन् ।
उनले बुढानीलकण्ठ स्कुलमा अध्ययनरत छोराछोरीलाई लण्डनमा पढाउन थालेका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij