Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

अब ह्वाट्सएपमा पनि ‘कभर फोटो’ राख्न सकिने

अब ह्वाट्सएपमा पनि ‘कभर फोटो’ राख्न सकिने

  • काठमाडौं । ‘प्रोफाइल पिक्चर’ र ‘कभर फोटो’ले कसैको सोशल नेटवर्किङ अकाउन्टलाई व्यक्तिगत पहिचान दिनमा महत्त्वपूर्ण भूमिका खेल्छन् ।

    onlinepatrika
    Arghakhachi

    हालसम्म कभर फोटो केवल ह्वाट्सएप बिजनेश अकाउन्टहरूमा मात्र सीमित छ । तर, मेटा स्वामित्वको यो मेसेजिङ एपले अब सबै प्रयोगकर्ताहरूका लागि यो सुविधा ल्याउने तयारी गरिरहेको छ ।

    AGNI GROUP

    यो कदम प्रोफाइल कस्टमाइजेशनलाई अझ आकर्षक र उन्नत बनाउनका लागि ठूलो अपडेट हुने मानिएको छ । तर, हाल यो फिचर विकासको चरणमा रहेकोले प्रयोगकर्तासम्म पुग्न केही समय लाग्न सक्छ ।

    डब्ल्यूएबेटाइन्फोको रिपोर्टअनुसार, ह्वाट्सएप यस्तो नयाँ फिचरमा काम गर्दैछ जसले प्रयोगकर्ताहरूलाई आफ्नो प्रोफाइलमा कभर फोटो अपलोड गर्ने अनुमति दिनेछ ।

    फिचर सार्वजनिक भएपछि प्रयोगकर्ताले प्रोफाइल सेटिङमा गएर कुनै पनि तस्बिरलाई कभर फोटोको रूपमा चयन गर्न सक्नेछन् । यो फोटो प्रोफाइलको माथिल्लो भागमा फेसबुक र लिङ्क्डइनमा जस्तै गरी देखिनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij