Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेको नेकपा (एमाले) केन्द्रीय कार्यालयको पुन:निर्माण विदेशमा रहेका नेपाली युवाहरूले गर्ने भएका छन् ।
पार्टी कार्यालय भवन पुन:निर्माणका लागि करिब १० करोड रुपैयाँ लाग्ने र सो लागत विदेशमा रहेका युवाहरूले जुटाउने घोषणा गरेकाे एमाले नेता महेश बस्नेतले जानकारी दिनुभयो ।
बस्नेतले भन्नुभयो -पार्टीले जलेकै भवनलाई पुन:निर्माण गरेर पुन: पार्टी कार्यालयको रूपमा सञ्चालन गर्ने निर्णय गरेसँगै विभिन्न देशमा रहेका युवाहरूले फोन गरेर “कार्यालय हामी बनाइदिन्छौं” भन्ने प्रतिबद्धता जनाएका छन् ।
बस्नेतले युवाहरूको यस योगदानलाई “देशभक्ति र पार्टीप्रतिको समर्पणको प्रेरणादायी उदाहरण” भएको जनाउदै यसको समन्वय onf ले गर्ने जानकारी दिनुभयो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij