Jun 10 2026 | २०८३, जेठ २७ गते
काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीले सोमबार छिमेकी प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल भारतको सिलोङमा हुन लागेको हो । फिफा विन्डोमा हुन लागेको यो खेललाई अन्तर्राष्ट्रिय मान्यता रहेको छ । नेपाली समयअनुसार साँझ सवा ६ बजे सुरू हुने खेल फिफाबाट प्रत्यक्ष प्रशारण हुनेछ ।
यसअघि पहिलो खेलमा नेपालले इरानसँग हार ब्यहोरेको थियो । भारतको सिलोङमा इरानसँगको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल ३-० ले पराजित भएको थियो ।
पहिलो खेलको दोस्रो हाफमा सम्हालिन नसकेका कारण पराजित हुन पुगेको नेपाली टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको भनाइ छ । भारतविरूद्ध खेल सुधार गर्दै जितका लागि प्रतिस्पर्धा गर्ने साम्बाले बताइन् ।
नेपाल र भारतको महिला फुटबल टोलीबीच एक वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो । एक वर्षअघि काठमाडौंको दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भारत भिडेका थिए । सो खेलको निर्धारित समयको खेल एक एक गोलको बराबरीमा सकिदा पेनाल्टी सुटआउटमा नेपाल ४-२ ले विजयी भएको थियो ।
नेपाल र भारतको महिला फुटबल टोलीबीच अहिलेसम्म १८ खेल भएका छन् । जसमा नेपाल २ खेलमा मात्र विजयी भएको छ भने भारतले ११ खेल जितेको छ । ५ खेल बराबरीम सकिएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij