Logo

Jun 10 2026 | २०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

च्याम्पियन्स लिगमा चेल्सी र लिभरपुलको जित

च्याम्पियन्स लिगमा चेल्सी र लिभरपुलको जित

  • काठमाडौँ । प्रिमियर लिग क्लब चेल्सी र लिभरपुल युइएफए च्याम्पियन्स लिग अन्तर्गतको खेलमा विजयी भएका छन् ।  गएराती सम्पन्न खेलमा चेल्सीले नेदरल्याण्डसको क्लब अयाक्सलाई ५-१ गोल अन्तरले पराजित गरेको हो । 

    onlinepatrika
    Arghakhachi

    चेल्सीको जितमा मार्क गुइउ, मोइस काइसेडो, इन्जो फर्नानडेज, एस्तेभाओ र टिरिक जर्जले एक एक गोल गरेका थिए ।  त्यस्तै अयाक्सका लागि वोउट वेगहोर्स्टले एक गोल गरेका थिए । यस खेलमा खेलको १७औं मिनेटमा केनेथ टेलरले रातो कार्ड पाएपछि आयाक्स १० खेलाडीमा सिमित भएको थियो ।

    AGNI GROUP

    यो जितपछि चेल्सीको ३ खेलमा ६ अंक भएको छ र ११औं स्थानमा रहेको छ । त्यस्तै अयाक्सले भने अहिलेसम्म खेलेका तिनै खेलमा हार बेहोरेको छ ।

    त्यस्तै गएराती सम्पन्न खेलमा लिभरपुलले जर्मनी क्लब आइन्ट्राक्ट फ्रान्कफर्टलाई ५-१ गोल अन्तरले पराजित गरेको छ । लिभरपुलको जितमा हुगो एकीटिक, भिर्गिल भान डाइक, इब्राहिम कोन्टे, कोडी गाक्पो र डोमिनिक स्जोबोसज्लाईले एक एक गोल गरेका थिए ।

    त्यस्तैगरी फ्रान्कफर्टका लागि रासमास क्रिस्टेनसेनले एक गोल गरेका थिए । यो जितपछि लिभरपुलको ३ खेलमा ६ अंक भएको छ र हाल १०औं स्थानमा छ । त्यस्तै फ्रान्कफर्टको ३ खेलमा ३ अंक रहेको छ र हाल २२औं स्थानमा छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij