Jun 10 2026 | २०८३, जेठ २७ गते
काठमाडौं । यमपञ्चकअन्तर्गतको तेस्रो दिन, कार्तिक कृष्ण चतुर्दशीका दिन नेपाल प्रहरीको काठमाडौंस्थित केनाइन कार्यालयमा कुकुर तिहारको अवसरमा कुकुरहरूको विशेष पूजा गरिएको छ ।
सुरक्षामा इमानदारपूर्वक खटिने कुकुरहरूको योगदानलाई सम्मान गर्न विशेष रूपमा पूजा गरिएको हो । कुकुरहरूलाई फूलमाला लगाइएर, तिलक गरिँदै मीठा खानेकुरा खुवाइएको थियो । धार्मिक विश्वास अनुसार, यमराजका दुई पहरेदार कुकुरहरू श्याम र सबललाई खुसी पार्न कुकुर पूजाको परम्परा छ ।
कुकुरले घरको सुरक्षा मात्र होइन, ग्रामीण क्षेत्रमा गोठालाका साथीको भूमिका पनि निर्वाह गर्छ । साथै, नेपाल प्रहरीका लागि अपराध अनुसन्धानमा कुकुरहरूको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ । यही योगदानको कदरस्वरूप आज कुकुर पूजा गरिएको हो ।



© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij