Jun 10 2026 | २०८३, जेठ २७ गते
काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुबेदीविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी गरेको छ ।
सचिवालयले पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुबेदीले विभिन्न सामाजिक सन्जालमार्फत नेकपा (माओवादी केन्द्र) का संयोजक पुस्पकमल दाहाल प्रचण्डको निवासबाट घर जलाइनु भन्दा दुई दिन पहिले नै दुई वटा ट्रकमा दुई करोड रुपैया लगेर लुकाइएको भन्दै पुरै गलत र तथ्यहीन प्रचार गराइरहेको बताउदै साइबर ब्युरोमा उजुरी गरेको जानकारी दिएको छ ।
सचिवालयले झुठ्ठा सामग्री प्रबाह गरि भ्रम सिर्जना गराउनुका साथै चरित्रहत्या समेत गरिएको बताएको छ ।
संयोजकको सचिवालयका तर्फबाट आइतबार ब्यूरोमा गरिएको उजुरीमा डिजिटल माध्यममार्फत् गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरि कानुनी कारबाहको माग गरिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij