Logo

Jul 19 2025 | २०८२, साउन ३ गते

Jul 19 2025 | २०८२, साउन ३ गते

बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

  • सिन्धुली । सिन्धुलीमा आज बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा महोत्तरीको रामगोपालपुर नगरपालिका–५ कञ्चनपुर निवासी ४१ वर्षीय वसन्त मुखिया रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।  उहाँका अनुसार मुखियाको उपचारका क्रममा मृत्यु भएको हो । 

    images
    images
    images

    सिन्धुली हुँदै खुर्कोटतर्फ जाँदै गरेको ज१च १३५४ नंको बलेरो आफँै अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो ।

    images

    बोलेरो चालक धनुषाका गोविन्दपुर–६ का अन्दाजी २२ वर्षीय सिजल यादव गम्भीर घाइते हुनुभएका छन्  । उहाँको सिन्धुली अस्पताल उपचारपश्चात थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij