काठमाडौं । अब दशैंका बेला कोरोना भाइरसको संक्रमण परीक्षण नहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दसैंको तीन दिन महानवमी, विजयादशमी र एकादशीका दिन नयाँ कोरोना पिसिआर परीक्षण नहुने बताएका हुन् ।

यस्तै उनले यी दिनबाहेक अन्य समयमा पूर्ण रुपमा कोरोना परीक्षण हुने तथा सबै ल्याब पूर्ण रुपमा सञ्चालन गरिने निर्णय भएको पनि बताए।

ती तीन दिनहरुमा प्रयोगशालाको चापअनुसार काम गर्ने, गराउने व्यवस्था मिलाउन निर्देशन दिने निर्णय भएको समेत उनले बताए।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।