एजेन्सी। फिलिपिन्समा शनिबार बिहानै भूकम्प गएको छ । देशको अक्सीडेन्टल मिन्डोरो प्रान्तमा ५।४ म्याग्नच्युडको भूकम्प गएको हो ।लुक टाउनदेखि २१ किलोमिटर दक्षिणपूर्वी क्षेत्रमा केन्द्र विन्दु भएर भूकम्प गएको अधिकारीहरुले जनाएका छन् । भूकम्पको धक्का धेरै मानव बस्तीहरुमा महसूस गरिएको स्थानीय वासिन्दाले जानकारी दिएका छन् । भूकम्पपछि त्यस क्षेत्रका वासिन्दा त्रासित भएर घर बाहिर निस्कीएका थिए ।

भूकम्पपछि कुनै मानवीय तथा भौतिक क्षतिको विवरणहरु भने प्राप्त भइनसकेको सरकारी अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार धेरै पराकम्पनको सम्भावना रहेपनि आँधीको चेतावनी भने दिइएको छैन ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।