काठमाडौँ

सल्यानमा आफ्नै भाइले दाइको हत्या गरेका छन्। वनगाड कुपिण्डे नगरपालिका –१० थापाचौरमा दाउरा प्रहार गरी बिहीबार राति भाइले दाइको हत्या गरेको अभियोग लगाइएको छ।थापाचौरका २० वर्षीय देवीलाल पुनले आफ्नै दाइ २४ वर्षीय अम्मरको हत्या गरेको बनगाड कुपिण्डे– १० का वडाध्यक्ष मानसिंह पुरीले जानकारी दिए। मदिरा सेवन गरेका भाइले दाउरा प्रहार गरी हत्या गरेको अभियोग लगाइएको छ।

बिहीबार साँझ देवीलालले दाइको हत्या गरेर शव गाउँ नजीकैको जोगेन्द्र भन्ने जङ्गलको ओडारमा फालिएको अवस्थामा स्थानीयवासीले शुक्रबार फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। घरमा दाइ एक्लै भएका बेला हत्या गरी देवीलाल फरार भएको वडाध्यक्ष पुरीले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण वलीका अनुसार हत्या गरेको जानकारी भएको खबर आएपछि प्रहरी पुगेर अनुसन्धान सुरू गरेको बताए। रासस

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।