एजेन्सी । पाकिस्तानको ग्वादर क्षेत्र नजिकै पर्ने बुजी टपमा १४ सुरक्षाकर्मीहरु मारिएका छन् ।

स्थानीय समय अनुसार बिहीबारको मध्यराती १२ बजे उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

ओर्मारा नजिकै पर्ने बन्दरगाह राजमार्गमा घटना भएको हो । ग्वादरदेखि कराँचीसम्म तेल तथा ग्यास विकास कम्पनी लिमिटेडका कर्मचारीहरु पनि खटाइएको थियो । तर उनीहरु भने सुरक्षित रहेको जनाइएको छ ।
सैनिकहरु चढेको दुई ओटा सवारी साधन विद्युतीय धरापमा परेर दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । विस्फोटन पछि सवारी साधन पनि पुरै जलेर नष्ट भएको छ ।
घटनाका बारेमा थाहा पाउनासाथ प्रधानमन्त्री इमरान खानले दुःख व्यक्त गर्दै मृतकका परिवारजन, इष्टमित्रप्रति सहानुभूति व्यक्त गर्नुभएको छ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।