एजेन्सी । ब्राजिलमा कोभिड–१९ कोषको रकम हिनामिना  भएकाे आशंकामा प्रहरीले सांसद घरमा छापा मार्दा कट्टुमा पैसा लुकाएको भेटेएसंगै  एक सांसदले राजीनामा दिएका हुन  ।

सञ्चारमाध्यमहरूका अनुसार रोनाइमा प्रान्तका सांसद चिचो रोड्रिगेजको घरमा प्रहरीले छापा मारेको थियाे  ।

त्यस क्रममा उनीबाट १७ हजार ८ सय अमेरिकी डलर बरामद भएको हो। त्यसमध्ये उनले कट्टुभित्र ५ हजार ३ सय अमेरिकी डलर लुकाएको पाइएको हो।

यसपछि सांसद रोड्रिगेजले सत्तारुढ दलको उपनेता पदबाट राजीनामा दिएको ब्राजिल सरकारले जनाएको छ।

 

 

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।