काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमित हुनेको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ ।

काठमाडौं जिल्लामा १६ सय ९२ जना, ललितपुरमा एक सय आठजना र भक्तपुरमा एक सय ३४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट ३ हजार ५ सय ६४ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो संख्या हालसम्मकै बढी हो।

निको हुनेको संख्या बढेसँगै निको हुनेदर बढ्ने आसा जागेको छ । योसँगै देशभर कारोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ८४ हजार ५ सय १८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा को कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ । योसँगै देशभरकुल मृतकको संख्या ६ सय ९४ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ३३ पुगको छ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।