काठमाडौँ ।  काठमाडौंको सोह्रखुट्टेस्थित फलफूल चोकमा ग्यास विष्फोट भएको छ ।

विष्फोटबाट एक घरमा पूर्ण क्षति भएको छ । विष्फोटबाट केही मानिस घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

घटनाबारे जानकारी दिँदै ज्ञवालीले भने, ‘ग्यास विष्फोट हुँदा एक घर पूर्ण रुपमा क्षति भएको छ । ३ जना घाइतेलाई उपचारका लागि मनमोहन अस्पतालमा लगिएको छ । थप विवरण आउन बाँकी छ ।’

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।