ललितपुर

अनुसन्धानमा खटिएका प्रहरीप्रति ऋणी रहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघका सचिव तथा ललितपुर सुनचाँदी ब्यवसायी संघका निवर्तमान अध्यक्ष किरणभाई बज्राचार्यले बताए ।

ललितपुर सुनचाँदी व्यवसायी संघका पदाधिकारीहरु धन्यवाद ज्ञापन गर्न प्रहरी परिसर ललितपुर पुगेका छन् । संघका सदस्य जुजुभाइ शाक्यको पसलबाट सेफसहित चोरी भएको सामान भेटिएपछि ललितपुर प्रहरीलाई धन्यवाद ज्ञापन गर्न पुगेको हो ।

शाक्यको पसलबाट चोरी भएको सामान खोज्न वरिष्ठ प्रहरी उपरिक्षक टेक बहादुर राईलगायत पुल्चोक प्रहरी प्रभागकी तत्कालिन इन्चार्ज पूर्णिमा चन्द (हाल डिएसपी) को सम्पूर्ण टिम र यसको अनुसन्धानमा खटिएका प्रहरी जवानप्रति ऋणी रहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघका सचिव तथा ललितपुर सुनचाँदी ब्यवसायी संघका निवर्तमान अध्यक्ष किरणभाई बज्राचार्यले बताए ।

ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष रमेश बहादुर शाक्यले सम्पूर्ण सामान फिर्ता हुन सकेकोमा खुशी व्यक्त गर्दै सुरक्षा संयन्त्रसँग यस्तै अपेक्षा राखिएको प्रतिक्रिया दिए ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।