काठमाडौं । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले विश्वमा हाल कोरोना भाइरसविरुद्ध खोप पत्ता लागिनसकेको बताउनुभएको हो ।

शुक्रबारको नियमित प्रेस ब्रिफिङको क्रममा प्रवक्ता डा।गौतमले भन्नुभयो, ‘भ्याक्सिनको बारेमा हल्ला भइरहेको छ । अहिलेसम्म संसारमा कहिँ पनि भ्याक्सिन निस्केको छैन । फेज थ्री ट्रायल भइरहेको छ, भ्याक्सिनको ।’

भ्याक्सिन बनिसकेपछि नेपाल सरकारकै पहलमा नेपालमा भ्याक्सिन उपलब्ध हुने प्रवक्ता डा। गौतमले जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।