काठमाडौं । मुसाले लाइन काटिदिएपछि काठमाडौंमा विद्युत प्रशाराण बन्द भएको छ। नेपाल विद्युत प्राधिकरणको लैनचौर सबस्टेशनको प्यानबोडैमा मुसा पसेपछि काठमाडौ उपत्यकाका अधिकांश क्षेत्रमा विद्युत काटिएको छ।

विद्युत प्राधिकरणले सार्वजनिक सूचना जारी गरेर लैनचौर सबस्टेशनबाट विद्युत आपूर्ती हुने बागबजार, नारायणहिटी, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, पानी पोखरी, गैह्रीधारा, ठमेल, सामाखुसी, टंगाल, बबरमहल क्षेत्रमा आज विद्युत लाइन काटिएको जनाएको छ। दिउँसो ३ बजेदेखि अबरुद्ध विद्युत अवरुद्ध भएपछि प्राविधिक समस्या सुल्झाउन खटिएको र केही समय लाग्ने बताइएको छ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।