ललितपुर । ललितपुर महानगरपालिकाले कुपण्डोल, पुल्चोक, जावलाखेल, कुमारीपाटीको महायान पेट्रोल पम्पसम्मकोे फुटपाथमा व्यापार – व्यवसाय गर्न, सवारी साधन पार्क गर्न आजबाट निषेध गरेको छ । फुटपाथमा तरकारी व्यवसाय गर्न, निर्माण सामग्री थुपार्न, सवारीसाधन पार्क गर्न, वर्कसपको काम गर्न पाइने छैन ।

ललितपुर महानगरपालिकाका नगरप्रहरी प्रमुख सिताराम हाँछेथुले सहरलाई सुन्दर र व्यवस्थित बनाउन फुटपाथ अतिक्रमणलाई रोकेको बताए ।
उनले भने( ‘पहिलो चरण अन्तर्गत यो क्षेत्र तोकेका छौं , चरणबद्ध रुपमा फुटपाथ व्यवस्थित बनाउने छौं ।’ फुटपाथ पैदल यात्रुको लागि छुट्याएको ठाउँ भएकाले पैदलयात्रुको सहजतालाई ध्यान दिएर उक्त निर्णय गरेको बताए ।

महानगरको निर्देशनलाई अवज्ञा गरी फुटपाथ अतिक्रमण गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्ने समेत उनले बताए ।

 

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।