काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १ हजार ५ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमित हुनेको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट ८ सय ८५ जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै देशभर कारोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ५३ हजार ८ सय ९८ पुगेको छ ।

यद्यपी सक्रिय संक्रमितको संख्या १९ हजार १९ पुगेको छ । केही दिन अघि स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय संक्रमित पुगे लकडाउन हुने सिफारिस पेश गरेको थियो । पछिल्ला दिनमा निको हुने भन्दा संक्रमितहुनेको संख्या बढ्दो छ ।

यो अवस्था अनुसार हेर्नेहो भने एक सातामै २५ हजार सक्रिय संक्रमित पुग्ने र फेरि लकडाउन हुन सक्ने आशंका बढेको छ । यद्यपी स्वास्थ्य मन्त्रालयको सिफरिसमा मन्त्रिपरिषद्ले भने कुनै निर्णय गरेको छैन् ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।