बैतडी । बझाङमा १२ वर्षीया बालिको बलात्कारपछि हत्या भएको घटनाको तत्काल निष्पक्ष छानबिन गर्न जनता समाजवादी पार्टी (जसपा)बैतडीका वरिष्ठ उपयाध्यक्ष जिवन जोशीले माग गरेका छन् । समाजवादी युवा संघ बैतडीका अध्यक्षसमेत रहेका युवा नेता जोशीले यस्तो निन्दनिय घटनाप्रति सरकार गम्भीर हुन ध्यानाकर्षण गराएका छन् ।

केहिदिनअघि बझाङको मष्टा गाउँपालिका–२ निवासी १२ वर्षीय नाबालिका सम्झना विकको बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको थियो । बुबा आमा भारत रहेको अवस्थामा हजुरबुबा र हजुरआमाको साहारामा बस्दै आएकी बालिकालाई गोठमा घास हाल्न गएको अवस्थामा यस्तो विभत्स हत्या भएको थियो ।

युवा नेता जोशीले सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै तत्कालन न्याय दिन र यस्ता घटनाहरु दोहिरिन नदिन अपराधिलाई कडा सजायको व्यवस्था हुनु पर्ने माग गरेका छन् । उनले, “प्रारम्भिक विवरणअनुसार सम्झनाको बलात्कार गरी हत्या गर्ने जघन्य अपराधमा संलग्न जो कोही भए पनि तत्काल पक्राउ गरी हदैसम्मको कारवाही माग गरेका छन ।”

गएको केही महिनायता देशभरि नै दलित समुदाय विरुद्ध आक्रमण र हिंसाका घटनाहरु बढ्दै गएका छन् । रुकुम पश्चिममा नवराज विकलगायतका छ जना युवाहरुको नृशंस हत्यापछि मधेशमा पनि दलित समुदाय विरुद्ध हत्या र हिंसाका घटना भएका छन् ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको देशव्यापी विरोध हुँदा पनि अहिलेसम्म सरकारले दोषी पत्ता लगाउन सकेको छैन । यो घटना पनी निमर्ला पन्त जस्तै नहोस सरकारले यो घटनालाइ निमर्ला पन्त जस्तो नबनाउन नेता जाेशीले सरकारलाइ आग्रह समेत गरेका छन् ।

नेता जोशी ले भने, “नेपालको संविधान २०७२ ले नागरिकको जीउधनको सुरक्षा राज्यको प्रमुख दायित्व भनेको छ तर कोरोना महामारी नियन्त्रण होस् वा रोग र भोकसँग जुधिरहेका जनतालाई राहत दिने काम होस् वा शान्ति सुरक्षा कायम गर्न हाेस नेकपा सरकार असफल हुँदै गएको छ । यो सरकारबाट सुशासनको अपेक्षा गर्नु वैशाख÷जेष्ठको मध्याह्न गर्मीमा शीतलताको अपेक्षा गर्नु जत्तिकै हो ।”  ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।