खोपको प्रभावकारिता पत्ता लगाउन बेलायतमा खोप परीक्षणका लागि स्वस्थ मानिसलाई जानाजान कोरोना भाइरसबाट संक्रमित बनाइने भएको छ । ‘ह्युमन च्यालेन्ज स्टडिज’ अन्तर्गत यसरी खोप विकास गर्ने विषयमा बेलायत सरकारले छलफल गरेर यसरी खोप परीक्षण गर्ने भएको हो ।

यो प्रकृयालाई ‘च्यालेन्ज ट्रायल’ नाम दिइएको छ । यद्यपी अहिलेसम्म गर्ने की नगर्ने भनेर टुंगो भने लागि सकेको छैन् ।

त्यस्तो परीक्षणका लागि कानुनी अनुमति प्राप्त भएका खण्डमा आफू कोरोना संक्रमति भई खोप लगाउन तयार रहेको १८ वर्षीय विद्यार्थी एलास्टेर फ्रेजर उरक्युहार्टले बताएका छन्।

बीबीसी रेडियो ४ को टुडे कार्यक्रममा उनले भनेका छन्, ‘मलाई लाग्छ, यस्तो किसिमको परीक्षणबाट हजारौंको जीवन बचाउन सकिन्छ र विश्वलाई साँच्चै यो महामारीबाट बाहिर ल्याउन सकिन्छ।’

त्यही रेडियो कार्यक्रममा बोल्दै अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक पिटर होर्बीले त्यस्तो परीक्षणको विचार राम्रो रहेको बताउँदै त्यसबाट रोगबारे वास्तविक बुझाइ प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।बीबीसी

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।