काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १  हजार ३  सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमित हुनेको संख्या ६६ हजार ६ सय ३२  पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट ८ सय २३ जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै देशभर कारोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ४८ हजार ६१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा को कोरोना संक्रमणबाट  २जनाको मृत्यु भएको छ । योसँगै देशभरकुल मृतकको संख्या ४ सय २९  पुगेको छ । यसअघि हिजाे १६ जनाकाे मृत्यु भएकाे थियाे । हिजाेकाे तुलनामा मृतकक संख्या कम भएकाे छ ।

हाल सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ४२ रहेको छ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।