काठमाडौं । भोलिबाट साझा यातायातले लामो दुरीका रुटमा पनि बस संचालन गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण फैलिएका कारण ठप्प रहेको साझा यातायातका लामोदुरीका यातायात भोलिबाट सञ्चालनमा आउने भएका हुन् ।

कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेका बेला लामो दुरका साझाबसको टिकट अब ई सेव अनलाईन पेमेन्ट प्रणालीको प्रयोग गरेर घरबाटै काट्न सकिने भएको छ । साझा यातायातमा गन्तव्य जाने तथा आउने यात्रुले ई सेवा अथवा साझा यातायातको कार्यालयमा गएर टिकट बुकिङ गर्न सक्ने भएका हुन् ।

सरकारले सामाजिक दुरी र स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै यातायात सेवा संचालन गर्न अनुमति दिएसँगै केहि दिन अघिबाट गाडिहरु संचालनमा आइसकेका छन् ।

भोलि बिहान ७ बजे काठमाडौंबाट पोखरा, कुस्मा, बाग्लुङका रुटका २ वटा र बुटवल, भैरहवा, सुनौलीका २ बसहरु संचालनमा ल्याइने साझा यातायातले जनाएको छ । यात्रूहरुको भाडा भने सरकारले तोकेको जस्तै सामान्य अवस्थामा लाग्ने दरको दोब्बर हुने बताइएको छ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।