काठमाडौं । आमनिर्वाचन हारेर पनि सांसदको पद पाएका नेकपाका वरिष्ठ नेता वामदेव गौतममाथि सर्वोच्च अदालतमा रिट निवेदन पेस भएका छन् । नेता गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनीत गर्ने कार्य संविधानविपरीत भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका हुन् ।

सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता भने गरिएका छैन । आइतबार परेका तीनवटा रिट निवेदन दायर गर्ने वा दरपीठ गर्ने भन्ने सम्बन्धमा सर्वोच्च अदालतले कुनै निर्णय गरिसकेको भने छैन । हाल ती रिटहरुको बारेमा अध्ययन भइरहेको बताइएको छ ।

राष्ट्रिय सभा सदस्य भइसकेपछि अब, वामदेव गौतम मन्त्रीको दौडधुपमा लागेका छन् । तर, नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने सकारात्मक छैनन् ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।