एजेन्सी। बेलायत सरकारले कोरोनाको नियन्यणका लागि कडा नियम लागू गरिँदै छ । त्यहाँ संक्रमितहरू आइसोलेसनमा बस्न नमानेमा १० हजार पाउण्डसम्म जरिवाना तिर्नुपर्ने बताइएको छ ।

बेलायतमा कोरोना परीक्षण गर्दा नतिजा पोजेटिभ आएका तथा संक्रमितसँग सम्पर्कमा रहेकाहरुले ‘सेल्फ आइसोलेसन’ मा बस्नुपर्नेछ । यो नियम २८ सेप्टेम्बरदेखि अनिवार्य लागू गरिन लागेको छ भने नियम उल्लंघन गर्नेलाइ जरिवानाको व्यवस्था गरिँदै छ ।

समाचार एजेन्सीहरूका अनुसार त्यहाँ अहिलेसम्म आइसोलेसनमा बस्न निर्देशिका मात्रै जारी गरिएको थियो । तर अब यसलाई अनिवार्य बनाइएको र जरिवाना १ हजार पाउण्डदेखि सुरु भएर १० हजार पाउण्डसम्म लाग्न सक्नेछ । नियम उल्लंघन दोहोरिएअनुसार नै जरिवाना थपिँदै जाने बताइएको छ ।

यो नियम रोजगारदातालाई पनि लागू हुने बताइएको छ । आफ्ना कामदारलाई सेल्फ आइसोलेसनमा बस्न निर्देशन दिन बेवास्ता गर्ने रोजगारदाताले पनि जरिवाना तिर्नुपर्नेछ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।