काठमाडाैं- पछिल्लो २४ घन्टामा देशभर थप १५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा १० हजार चार सय ९४ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको थियो ।

बुधबार थप भएकासमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ५८ हजार तीन सय २७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विगत २४ घन्टामा एक हजार ६८ जना संक्रमित निको भएर डिस्चार्ज भएको जनाएको छ ।

हालसम्म संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या ४१ हजार सात सय ६ पुगेको छ । संक्रमित निको हुने दर ७१.५ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

सक्रिय संक्रमित भने १६ हजार दुई सय ४२ जना छन् ।  संक्रमितमध्ये एक सय ७३ जनाको आइसियू र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको गौतमले जानकारी दिए ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।