काठमाडौँ। खाना खाने समयको मौका छोपेर भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा रहेका एक कोरोना संक्रमित युवा फरार भएका छन् । उनलाई मंगलबार दिउसो आईसोलेसनमा भर्ना गरिएको थियो ।

साँझ पौने ८ बजेतिर उनी फरार भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

क्वारेन्टाइनमा रहेका अन्य संक्रमित खाना खादै गरेको बेला उनी फरार भएका हुन् । हाल उनको खोजी कार्य भईरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।