काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसको संक््रम्णबाट ज्यान गुमाउनेमध्ये आधाभन्दा बढी संख्या काठमाडौं उपत्यकामा रहेको छ । काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको हो ।

देशभर पछिल्लो २४ घण्टामा १५ जनाले ज्यान गुमाएका थिए । काठमाडौंमा १ महिला र ५ जना पुरुष गरी ६ जनाको कोरोनाले मृत्यु भएको छ । त्यसैगरी भक्तपुर र ललितपुरमा १-१ जना पुरुषको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जना गरी जम्मा ५१२ जना संक्रमित थपिएका छन् ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।