काठमाडौं ।  रातो मच्छिन्द्रनाथको जात्र अन्तर्गत आज मूर्तिलाई बुङमती लगिएको छ ।

वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथलाई पुल्चोकस्थित रथबाट ओरालेर सानो खटमा चारजना पुजारीले बोकेर बुङमती लगेका हुन् ।

मीननाथको रथ भने पुल्चोकबाट तानेर टंगलस्थित उनकै मन्दिरमा पुर्‍याउन त्यसतर्फ तानिएको छ । कोभिड–१९ का कारणले यस वर्ष पाटनको कोरबस्तीभित्र रथ यात्रासँगै लगनखेलमा नरिवल खसाल्ने र जावलाखेलमा भोटो जात्रा भने रोकियो ।

यसअघि साउन १० गते मत्स्येन्द्रनाथलाई तबहालबाट पुल्चोक पुर्‍याएर त्यहँ रथारोहण गरिएको थियो ।

रथ यात्रा गर्ने विषयमा सरोकारवाला निकायले महिनौं दिन अनिर्णयको बन्दी बनाएको भन्दै भदौ १८ गते स्थानीय स्वतस्स्फूर्त रुपमा बाहिर आएर रथ करिब २ सय मिटर तानेपछि प्रहरीसँग झडप भएको थियो ।

त्यसपछि भदौ २१ गते सांकेतिक रुपमा १० मिटर रथ तानेर रथयात्रा औपचारिक रुपमा समापन गरिएको थियो ।

आज साइतभित्र मच्छिन्द्रनाथको मूर्तिलाई रथबाट ओरालेर खटमा राखेर बुङ्गमतीतर्फ लगिएको दैवज्ञ ज्योतिष कीर्तिकिरण जोशीले जानकारी दिए ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।