काठमाडाैं । देशभर पछिल्लो २४ घण्टामा थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा १० हजार आठ सय ७८जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार थप भएकासमेत हालसम्म देशभर संक्रमित हुनेको संख्या ५५ हजार तीन सय २९ पुगेको छ । विगत २४ घण्टामा आठ सय ७९ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या ३९ हजार पाँच सय ७६ पुगेको छ ।

संक्रमित निको हुने दर ७१.५ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । हाल सक्रिय संक्रमित भने १५ हजार तीन सय ९३ जनामात्र छन् ।

त्यसमध्ये आठ हजार एक सय १८ जना संस्थागत र  जना होम आइसोलेसनमा छन् । संक्रमितमध्ये एक् सय ७९ जनाको आइसियू र २९ जनाको भेन्टिलेरटमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।