एजेन्सी। पछिल्लो समय लगातार विश्वकै सबैभन्दा सबैभन्दा बढी कोरोना संक्रमित बढिरहेको भारतमा आइतबार पनि ९३ हजारबढी संक्रमित फेला परेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बितेको २४ घण्टामा विश्वमा ३ लाख ७ हजार ९ सय ३० नयाँ संक्रमित थपिएको जनाएको छ, जसमध्ये सबैभन्दा धेरै भारतमै फेला परेका छन् । त्यसपछि अमेरिका र ब्राजिलमा संक्रमण दर तीव्र देखिएको छ ।

डब्लुएचओको रिपोर्ट अनुसार शनिबार पनि भारतमा ९४ हजार ३ सयभन्दा बढी नयाँ संक्रमित थपिएका थिए । शनिबार अमेरिका र ब्राजिलमा क्रमशः ४५ हजार ५ सय २३ र ४३ हजार ७ सय १८ नयाँ संक्रमित फेला परेको जनाइएको छ । पछिल्लो समय भारतमा दैनिक १००० (औसतमा) जनाको कोरोनाकै कारण मृत्यु भइरहेको छ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।